Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

मंगलबार, भदौ १८, २०८१

काठमाडौं- सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताए । तर काम तिब्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यवधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने बताए ।

सहकारी वचतकर्ताको वचत रकम सुरक्षाहेतु प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय मागको प्रस्ताव गर्ने भनी समितिको बैठकबाट निर्णयसमेत भएकाले १५ दिन समय थप गरिदिन थापाले प्रतिनिधिसभा समक्ष प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्