Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण प्रणाली सुधार्न कार्यदल गठन

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ । विदेशिने श्रमिकको स्वास्थ्य परीक्षणलाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने र राम्रो परीक्षण नहुँदा विदेश पुगेर श्रमिक पीडित हुनुपर्ने अवस्था बढ्दै गएपछि मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको हो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले भदौ १३ मा मन्त्रिस्तरीय निर्णयानुसार वैदेशिक रोजगार नियमावली, २०६५ को दफा ४६ बमोजिम सिंहको संयोजकत्वमा विशेषज्ञ चिकित्सक सम्मिलित १६ सदस्यीय कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । श्रमिकको स्वास्थ्य प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बनाएर विद्यमान जनगुनासो र समस्यालाई व्यवस्थित गर्न समिति गठन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्