Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुकुम पश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

बुधबार, भदौ १९, २०८१

रुकुम- रुकुम पश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो ।

यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए । फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख बताए । बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख रुपैयाँ अनुदान पाएका उनले बताए ।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानी भेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उत्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्