काठमाडौं महानगरद्धारा कास्य पदक विजेता गोवर्द्धनलाई ५ लाखसहित सम्मान
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाखसहित सम्मान गरेको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच महानगरका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन् । पेरिसमा भएको पारा ओलम्पिकमा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ १४:३५
प्रतिक्रिया दिनुहोस्