नेभिगेशन
सुरक्षा–अपराध

अमेरिकामा मुना पाण्डेको हत्याः तीन ठाउँमा गोली दागियो, टाउको पछाडि पनि ‘सूट’ गरिएछ

काठमाडौं– अमेरिकामा अध्ययनरत नेपाली छात्र मुना पाण्डेको शरिरका तीन ठाउँमा गोली हानिएको पुष्टि भएको छ। अमेरिकास्थित सरकारी

वकिलहरूका अनुसार उनको टाउको पछाडिको भागमा पनि ‘सूट’ गरिएको भेटिएको हो। 

उनलाई गोली हानी हत्या गरेको अभियोग लागेका बबि सिंह भारतीय नागरिक रहेको खुलेको छ। सिंहसँग अमेरिकी नागरिकता नरहेको पनि पुष्टि भएको छ। 

२१ वर्षीय नेपाली छात्रा पाण्डेमाथि गोली चलाएर हत्या गर्ने सिंहलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो। 

क्यापिटल मर्डर र अर्को गैरकानुनी रूपमा हतियार राखेको विषयमा सिंहमाथि मुद्दा दायर गरिएको छ। 

मंगलबार अदालतमा उपस्थित गराइएको उनीमाथि गैरकानुनी हतियार राखेको मुद्दामा २५ हजार डलर जमानतमा तोकिएको छ। हत्या मुद्दामा भने जमानतमा छुट्न नदिने व्यवस्था छ।

हत्याको अभियोग पुष्टि भए आजिवन कारावास या मृत्युदण्डको सजाय हुन सक्छ। 

टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। प्रहरीले मंगलबार ५१ वर्षीय बबिसिंह मुनाको अपार्टमेन्टबाट निस्कँदै गरेको सिसीटिभी फुटेज भेटेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध