Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से एकै दिन ९० अंकले ‌ओरालो, १२ अर्ब ९३ करोडको कारोबार

बुधबार, भदौ १९, २०८१

काठमाडौं– नेप्सेमा बुधबार एकै दिन ९०.७३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात् ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको छ ।

बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ बराबरको कारोबार भएको छ ।

आज एक्सेल डेभलपमेन्ट बैंकसहितचार कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ ।  नेपाल फाइनान्सको ३० करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज अपि पावरको ७ लाख १९ हजार ३२९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्