Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवाको दाबी : खास खास कुरामा काँग्रेस र एमालेको एउटै धारणा छ

बुधबार, भदौ १९, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी पार्टी भए पनि खासखास कुरामा काँग्रेस र एमालेको एउटै धारणा रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए । ‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन ।’
 

बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको उनले बताए । काँग्रेस सभापति देउवाले अगाडि भने, ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्