Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको टिप्पणी-‘प्रचण्ड’लाई एक राउण्ड किक दिएको हो, अहिले असन्तुलित भएर बोल्दै छन्

बुधबार, भदौ १९, २०८१

काठमाडौँ -  नेकपा एमालेको पोलिटब्यूरो बैठक समापनमा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन् ।

बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’बाट धोका हुन लागेको थाहा पाएरै नेपाली काँग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए ।

‘प्रचण्ड’ले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक दिएको हो’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने, ‘अहिले असन्तुलित भएर बोल्दैछन् ।’

‘प्रचण्ड’ले अनेक नाममा धोकाको राजनीति गर्ने ओलीले बताएका थिए । एक पोलिटब्यूरो सदस्यका अनुसार प्रचण्डले समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको ओलीले बताएका छन् ।

‘समाजवादी मोर्चाको प्रस्ताव ‘प्रचण्ड’ले गरेका थिए, तर मैले मानिनँ । किनकि त्यसको उद्देश्य सही थिएन’ ओलीको भनाइ थियो, ‘तपाईंहरु कतिपय अझैपनि वाम एकता भन्नु हुन्छ, सुन्दा प्रिय पनि लाग्छ । तर त्यो मोर्चा धोकाको मोर्चा हो ।’

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्