Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

बिहीबार, भदौ २०, २०८१

काठमाडौं - एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा दोस्रो चरणअन्तर्गत आज दुई खेल हुने भएको हो ।

खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अपराह्न सवा ४ बजे हुने अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश भिड्नेछन् ।

यसअघि बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो । एन्फा कम्प्लेक्समै भएको खेलमा आर्मीले संकटा फुटबल क्लबमाथि ४–० गोलको फराकिलो जित निकालेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार