Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोसपा कार्यकारिणी समितिको बैठक आज पनि

बिहीबार, भदौ २०, २०८१

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ । आजको बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने छन् । धारणा राख्ने क्रम सकिएपछि नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ ।


हुजो सुरु भएको बैठकमा संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन सदस्यहरुले माग गरेका थिए। उनीहरुले मुलुकमा देखिएका समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्