Nic Ad Nic Ad
Nic Ad Nic Ad

एआईजी ज्ञवालीलगायतले दायर गरेको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा

बिहीबार, भदौ २०, २०८१


काठमाडौँ - नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि आज (बिहीबार)पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

 उनीहरूले उमेर हदअनुसार अवकाश नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा निवेदन दिएका थिए । पहिलो सुनुवाइमा १३ भदौमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको थियो । त्यसैगरी अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो ।

 विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्