Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस नेता भण्डारी भन्छन्- नेताका कारण युवामा निराशा छायो  

बिहीबार, भदौ २०, २०८१

रामपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका छन् । 

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए। 

युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ । 


 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्