Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप

बिहीबार, भदौ २०, २०८१

काठमाडौं अमेरिकाले रूसमाथि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । उसले निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोपमा रूसका सरकारी सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गर्न अभियान नै सञ्चालन गरेको दाबीसमेत गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रूसका सरकारी सञ्चारमाध्यम आरटी (रशियन टुडे) ले रूसी सन्देश बनाउन तयार गरेर अमेरिकी दर्शकसम्म पुर्‍याउनका लागि टेनेसीको एक फर्मलाई एक करोड़ डलर दिएको दाबी गरेका छन् । 

अमेरिकाले आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानसहित १० जना रूसका सरकारी सञ्चार माध्यमका पत्रकारहरू माथि प्रतिबन्ध लगाएको बीबीसीमा समाचार प्रकाशित छ । 

तर, रूसी सरकारी सञ्चार माध्यम आरटीले अमेरिकाद्वारा लगाइएको आरोप अस्वीकार गरेको छ । अमेरिका अधिकारीहरू आरटीसँगै रूसका अन्य सरकारी मिडियाले आप्mना गलत गतिविधीहरुको समर्थनका लागि अमेरिकी इन्फ्लुएन्सर्सहरुलाई गोप्य रूपमा भर्ना अभियान चलाएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्