Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री

बिहीबार, भदौ २०, २०८१

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। 

उनले भने, ‘मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।’

विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री लेखकले बताए। देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको उल्लेख गर्दै उनले यो समीकरणको पूर्णपालना हुने प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्