Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसद्वारा सांगठनिक काममा खट्ने गरी १०० दिने अभियानको घोषणा

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ- नेपाली काँग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ ।

१ असोजबाट सुरु हुने सांगठनिक विशेष अभियान १० पुसमा सकिने छ । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने गरी अभियान सुरु गर्न लागिएको काँग्रेसले जनाएको छ ।अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक/सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्नुपर्नेछ । संगठनमा भएको विवाद समाधान गर्ने गरी तोकिएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने हुन्छ ।

स्थानीय सरकार र पार्टीको वीचमा समन्वय हुन नसक्नुको कारण समेत केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गरिदिनु पर्नेछ । संगठन भित्र मुख्य गरी २० जिल्लामा समस्या रहेको नेताहरुले जानकारी गराएका छन्। जिल्ला अनुसार त्यहाँ भएको समस्या केन्द्रले जानकारी गराएर केन्द्रीय प्रतिनिधिलाई खटाउने भएको छ ।

७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको काँग्रेसले जानकारी गराएको छ । केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्