Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवाको विश्वास जित्ने ओलीको काइदा– बामपन्थी गठबन्धन या मोर्चाको विपक्षमा उभियो एमाले

बिहीबार, भदौ २०, २०८१

काठमाडौं– सत्ता समीकरणलाई बलियो बनाउने रणनीतिअनुसार आगामी निर्वाचनमा एमाले कुनै पनि बामपन्थी गठबन्धन या मोर्चामा सरिक नहुने निधोमा पुगेको छ। 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले ०८४ को निर्वाचन एक्लै लड्ने निर्णय गरे लगत्तै एमाले पोलिटब्युरो बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी गठबन्धन या मोर्चा नगरिने निर्णय गराएका हुन्। 

एमालेको यो निर्णयले तत्कालका लागि कांग्रेससँगको सत्ता गठबन्धन सहमतिअनुसार नै अघि बढ्ने विश्वास ओलीले दिलाएका छन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय मुद्दामा ओलीसँग कुरा मिलेका कारण अहिले सबै समस्या समाधानका निम्ति सहज हुने बताएका थिए। 

गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले पनि एमालेसँगको सहमति कार्यान्वयनमा कुनै शंका नगर्नका लागि अपिल गरिरहेका छन्। उनले सबै फोरममा उक्त विषयको उठान गरिरहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्