Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ -उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

तालिमको सिलसिलामा ७ नम्बर बाहिनी चनवनबाट रेकी गर्न सिमभञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज दिउँसो आगलागी भएको नेपाली सेनाका सहायक रथी तथा सूचना अधिकारी गौरव कुमार के.सी. ले जानकारी दिए । ट्रकमा केही व्यक्ति सवार रहेको र आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ । ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्