Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ- नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।जोशीले यसअघि पनि सीइओको रूपमा काम गरिसकेका छन् ।

तत्कालीन सीइओ धनञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्डमा सिइओ रिक्त रहँदै आएको थियो । तत्कालीन पर्यटन सचिव अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओका लागि दर्खास्त आव्हान गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्