Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ - रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।


लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए । साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य अवकाश लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्