एनपीएलका ८ फ्रेन्चाइजका मालिकको टुंगो
काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ। काठमाडौँ कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले र चितवनलाई सीएमसीले पाएको छ ।
यस्तै लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ २०:४३
प्रतिक्रिया दिनुहोस्