Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखिल(क्रान्तिकारी) रुपन्देही जिल्ला अध्यक्षमा आचार्य निर्वाचित

बिहीबार, भदौ २०, २०८१

काठमाडौ - नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला अध्यक्षमा टिकाराम आचार्य निर्वाचित भएका छन ।

सोमबार भैरहवामा सम्पन्न २३ ओैँ जिल्ला सम्मेलनबाट निकटतम प्रतिस्पर्धी माधव अर्याललाई ४९ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन । अर्यालले २४ मत ल्याए भने विजयी आचार्यले ७३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत ईन्द्र बिश्वकर्माले क्यानडा नेपाललाई जानकारी दिए ।

 उपाध्यक्षमा धनी कुमारी पन्थी निर्विरोध निर्वाचित भइन भने विशाल पाैडेल, हिमाल खनाल र मधुसूदन गाहा मतदान मार्फत चुनिएका छन् । सचिवमा अंकित पाैडेल, सहचिवमा प्रजित जंग कुँवर, माधवी अधिकारी र अर्चना यादव निर्विरोध निर्वाचित भएका छन । काेषाध्यक्षमा केशव पाैडेल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा गणेश यादव,अर्चना कुमारी यादव, किरण महतरा,दिनेश महतरा,सुस्मिता खत्री,अर्जुन अर्याल, सुशान्त पाण्डे,निर्मा यादव,मनिषा बिश्वकर्मा,पारस न्याैपाने,सुवास ज्ञवाली,रामु घर्ती,विपना पुन मगर,सुन्दर रसाइली,अजिता खड्का,रुविन चुनारा,राेशन के सी, रिमा पासी र सावित्रा खनाल निर्वाचित भएका छन ।

४१ सदस्यीय जिल्ला समितिमा सर्वसम्मातकाे प्रयास असफल भएपछि मतदानमा भएकाे थियाे । सम्मेलनकाे माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्