Nic Ad Nic Ad
Nic Ad Nic Ad

१७ बर्षपछि सीआईबीको फन्दामा परे हत्यारा, भारतमा पक्राउ गरी ल्याइयो

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक हत्यारालाई भारतबाट पक्राउ गरी ल्याएको छ। 

जग्गा बैना कर्ताको हत्या गरी भारतमा लुकेका पर्साको विन्दबासिनी गाउँपालिका–२ का ४९ बर्षिय लक्ष्मणप्रसाद चौरसीयालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

सीआईबीले भने चौरसियालाई वीरगञ्ज महानगरपालिका–१६ बाट बुधबार पक्राउ गरिएको जानकारी दिएको छ। 
तर, प्रहरीले भारतमा पुगेर उनलाई ल्याएको दाबी गरिएको छ।

२४ कात्तिक ०६९ मा सर्वोच्च अदालतले चौरसियालाई हत्यारा करार गरेको थियो। उनी ०६४ सालदेखि फरार थिए। 

चौरसियासहित ४ जनाको समूहले २५ वैशाख ०६४ मा पर्साको साबिक बहुअर्वा गाविस–५ का ढोडा मुखियाको गोली हानी हत्या गरेका थिए। मुखियालाई दुई राउन्ड गोली हानी हत्या गरेको ठहर सर्वोच्च अदालतले नै गरेको थियो। 

मृतकको शव हत्या भएको भोलीपल्ट पर्साको साबिक अमरपट्टी गाविस–६ मा फेला परेको थियो।

हत्या गरिएका मुखिया र अर्का एक जनाले जग्गा खरिदका लागि बैना दिएको र त्यस विवादका कारण रकम फिर्ता गर्न नपरोस भनेर जग्गा धनीसमेतको मिलोमतोमा हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्