Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवाले गरे अपांगता समन्वय विभागमा १० सदस्य मनोनयन

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको नेपाली काँग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनालाई सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौँ), उदयबहादुर लिम्बू (धनकुटा), उपेन्द्र खडायत (कञ्चनपुर)लाई सदस्यमा मनोनयन गरेका हुन् ।

त्यसैगरी लोचन भट्टराई (नुवाकोट),नरवीर राउत (जुम्ला), देवा डाँगी (दाङ),सूचि कुमाल गोरखा, जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मालाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्