कृषि मन्त्रालयद्वारा ४५ करोड अनुदान वितरण
काठमाडौँ- कृषि मन्त्रालयले ४५ करोड अनुदान वितरण गरेको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष (२०८०–०८१) मा कृषि क्षेत्रमा मात्रै ४५ करोड ७७ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अनुदानबाट ३४ हजार ४४५ कृषक लाभान्वित भएका छन् ।तथ्यांक अनुसार सबैभन्दा बढी झापामा ८ हजार ३८५ जनालाई ७ करोड ५५ लाख ६६ हजार अनुदान रकम वितरण गरिएको छ । दोस्रो नम्बरमा मोरङका ५ हजार ३८५ जनालाई ५ करोड १६ लाख ५५ हजार, तेस्रो नम्बरमा इलामका ५ हजार ८६७ जनालाई ४ करोड ६८ लाख ९३ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।
सबैभन्दा कम भोजपुरमा ७०८ जनालाई २ करोड ४ लाख ९६ हजार अनुदान बाँडिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्