Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिबन्ध पूर्णरुपमा हट्यो, सबैतिर चल्न थाल्यो टिकटक

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध हटाउनका लागि पत्राचार गरेपछि सबै इन्टरनेट कम्पनीले टिकटक खुलाएका छन्। शुक्रबार दिउँसोदेखि सबै ठाउँमा टिकटक चल्न थालेको छ। 

टिकटकका सिंगापुरदेखि आएका प्रतिनिधिले सरकारले राखेका सबै शर्त मान्ने सहमति गरेपछि प्रतिबन्ध हटाइएको हो। अब टिकटक चलाउनका लागि भिपिएनको प्रयोग गर्नुपर्दैन। 

यसअघि नै मन्त्रिपरिषदले टिकटकको प्रतिबन्ध शर्तसहित हटाउने निर्णय गरेको थियो। विहीबारको मन्त्रिपरिषदले भने पूर्णरुपमा हटाउने निर्णयको पत्र प्राधिकरणमा पुगेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्