Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यमन्त्रीले भने- सकेसम्म सुधार गरौँ, नत्र डुबाउने गरी पदमा नबसौँ

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनासहित उपस्थित हुन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार्न सकिने योजनासहित आउन आग्रह गरे ।

‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रूत गतिमा सुधार ल्याउने गरी काम गरौँ, म साथ दिन तयार छु ।’

उनले स्रोतको मितव्ययी भएर सदुपयोग गर्नसमेत आग्रह गरे । मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्