Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृह सचिव दुवाडीद्वारा पद बहाली

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ- नव नियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले पद बहाली गरेका छन् । उनले गृह मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन् ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको थियो ।

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्