Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृह सचिवमा गोकर्णमणि दुवाडी, जिम्मेवारी सम्हाले

शनिबार, भदौ २२, २०८१

काठमाडौं– सरकारले गृह मन्त्रालय सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ। 

मुख्य सचिवमा एकनारायण अर्यालको बढुवा भएपछि उक्त मन्त्रालयको जिम्मेवारी खाली थियो। 
दुवाडीले शुक्रबार नै जिम्मेवारी सम्हालेका छन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षकहरू (आईजी) बसन्तबहादुर कुँवर, राजु अर्याललगायत गृह मन्त्रालयका अधिकारीले दुवाडीलाई स्वागत गरेका थिए। 
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्