Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्कृष्ट ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

शनिबार, भदौ २२, २०८१

 

काठमाडौं - सरकारले २१औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

 

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

शनिबार सिंहदरबार परिसरमा आयोजित निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ । कार्यक्रममा अघिल्लो वर्ष र यो वर्षका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्