अर्थ समितिको बैठक आइतबार बस्ने
काठमाडौँ - संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरवारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ ११:०४
प्रतिक्रिया दिनुहोस्