Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिम चितवनको मेघौलीका २ युवक  राप्ती नदीमा बेपत्ता

शनिबार, भदौ २२, २०८१

चितवन - पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको यादवले बताए ।

शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ ।स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको सई यादवले जानकारी दिए । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको यादवले बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्