Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीको माओवादीलाई चेतावनी– हिंसाको महिमा मण्डन सुन्छु, त्यसो भए किन छाडेको त?

शनिबार, भदौ २२, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी हिंसाको महिमा मण्डन बाञ्छनीय नभएको बताएका छन्। उनले माओवादीलाई त्यसको गीत नगाउनका लागि चेतावनी समेत दिएका छन्। 

२१औं निजामती सेवा दिवसका अवसरमा भएको कार्यक्रममा शनिबार उनले भने,‘जनयुद्ध महान थियो भने किन छाडेको? किन शान्तिको बाटो आएको त?’

देशमा भएको हिंसा थियो त्यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै  केही मान्छेहरुले महिमामण्डन गरेको सुनेको बताएका ओलीले भने,‘महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो। जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भनेपनि फेल हुँदैन।’

‘हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान् थियो, महान् हिंसाले’, प्रधानमन्त्रीले बताए। 

नजामती सेवा ऐनलाई सहमतिका आधारमा अगाडि बढाउने बताएका उनले भने,‘अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन। किनभने सहज बहुमत सरकारसँग छ। विधेयक बनाएर यसको समाधान गर्न सहज पनि छ।’
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्