Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजामती सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल

शनिबार, भदौ २२, २०८१

काठमाडौँ- मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा प्रविधिमैत्री, सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् । 

शनिवार काठमाडौँमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरू खडा भएको उल्लेख गरे । उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए ।

उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भूमिका रहेको बताए । उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखी जनताको सेवामा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले भने, ‘निजामती प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरू खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामती सेवा प्रविधिमैत्री सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ ।’ 

अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने कार्यमा निजामती सेवाको प्रमुख भूमिका रहेको बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्