Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल

शनिबार, भदौ २२, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका कामकारवाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको बताएका हुन् ।

उनले रास्वपाप्रति जस्तो टिकाटिप्पणी भएपनि पार्टी स्थापनाका समयमा गरेका प्रतिवद्धतालाई नभुलेको भन्दै थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे ।

उनले रास्वपा अरु पार्टी भन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे । रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ ।  अर्यालले देश बनाउने रास्वापको अभियान संविधान भित्र टेकेर अघि बढाइने बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्