Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना

शनिबार, भदौ २२, २०८१

गुल्मी – गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना भएको छ । निजामति सेवा दिवसको अवसरमा थुनामा रहेका कैदीबन्दीका लागि ५० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकसहित पुस्तकालय स्थापना भएको हो ।

विभिन्न कसुरमा थुनामा रहेका कैदीबन्दीको मागअनुसार पहिलो पटक यसरी कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिए । बन्दीहरुका लागि आजदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् ।

पुस्तकको अध्ययनसँगै कैदीबन्दीको सोचाइ र जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । २५ जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा अहिले एक सय एक जना पुरुष र सात जना महिलासहित एक सय आठ जना कैदी बन्दी रहेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्