Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा आन्दोनलको घोषणा

शनिबार, भदौ २२, २०८१

काठमाडौं – गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बसेको समितिको समिक्षा बैठकले संविधान प्रदत्त अधिकारका विरुद्धमा सर्वोच्चले गैरन्यायिक फैसला गरेको निष्कर्ष निकाल्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषण गरेको हो ।

समितिले यही भदौ ३१ गते मसाल जुलुस प्रदर्शन गर्ने छ । त्यस्तै आगामी असोज ३ गते संविधान दिवसका दिन माइतीघर मण्डलमा विशाल विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ ।

साथैआन्दोलनमा साथ सहयोग गरिरहेका बिभिन्न पक्षलाई उक्त बिरोध कार्यक्रममा समर्थन गर्न समेत समितिले आग्रह गरिएको छ।

शनिबार सुमन सायमीको संयोजकत्वमा शुरु भएको बैठकमा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका थिए।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्