Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

शनिबार, भदौ २२, २०८१

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट सिंगापुरका लगानीकर्तालाई भारतमा लगानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै प्रधानमन्त्री मोदीले सिंगापुर भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । भारतीय विदेश मन्त्रालयले जनाएअनुसार लगानीको अवसर तथा भारतीय बजारबारे सिंगापुरका लगानीकर्तालाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको हो ।

विदेश मन्त्रालयका सचिव पूर्व जयदीप मजुमदारले भारतमा लगानीको अवसर ठूलो रहेकाले सिंगापुरका लगानीकर्तालाई यसबारे सुसूचित गर्न यस्तो कार्यालय स्थापना गर्न लागिएको हो ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीका कार्यकारीहरुसँग अन्तरक्रिया समेत गरेका छन् । भारतले मुख्यगरी सूचना प्रविधिको क्षेत्रमा सिंगापुरबाट लगानी भित्र्याउन चाहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्