Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक करोड खर्चेर फोहर व्यवस्थापन

आइतबार, भदौ २३, २०८१

 बागलुङ - बागलुङ नगरपालिका क्षेत्रमा  फोहर व्यवस्थापन प्रारम्भ भएको छ ।  नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु. एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर संकलन गर्ने तीन थरि रङका बाल्टी वितरण गर्न थालेको छ भने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्