Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल

आइतबार, भदौ २३, २०८१

काठमाडौं– युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो ।

जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच र काई हाभर्टजले एक–एक गोल गरेका थिए ।

खेलको २७औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५८औँ मिनेटमा मुसियालाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी ६६औँ मिनेटमा विर्ट्ज, ७७औँ मिनेटमा पाभ्लोभिच र ८१औँ मिनेटमा हाभर्टजले गोल गर्दै जर्मनीलाई ५–० गोलको जित दिलाए ।

यो जितसँगै समूह सी को जर्मनी पहिलो खेलबाट तीन अंक जाड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको पनि तीन अंक नै छ । हंगेरी र बोस्निया एन्ड हर्जगोभिना अंक बिहीन छन् । बोस्नियालाई नेदरल्याण्ड्सले हराएको थियो ।


 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्