Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

आइतबार, भदौ २३, २०८१

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।


 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्