Nic Ad Nic Ad
Nic Ad Nic Ad

देगु तलेजुको पुनः निर्माण सम्पन्न

आइतबार, भदौ २३, २०८१

ललितपुर - नौ वर्ष अघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए। भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनः निर्माण गरिएको छ ।”


ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनः निर्माणका लागि जापान सरकारले रु. १३ करोड  सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनः निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्