Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै

आइतबार, भदौ २३, २०८१

काठमाडौं- सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै छ ।

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग दिउँसो १ बजे छलफल गर्ने तयारी समितिले गरेको छ।

समितिले सहकारीको आर्थिक समस्या हल गर्न सरकारी गर्ने कदम, समस्या समाधानका उपाय र सरकारी सहयोगबारे छलफल गर्न लागेको हो ।

यस्तै, हालसम्म देखिएका सहकारीका समस्याबारे अर्थमन्त्री र गभर्नरलाई जनकारी गराउँने कार्यक्रम रहेको समितिका एकजना सदस्यले बताएका छन् ।

समितिले यतिखेर सहकारी क्षेत्रका समस्या केलाइरहेको छ । सहकारीका समस्या समाधान गर्ने भन्दै तीन महिनादेखि विभिन्न व्यक्ति र निकायसँग समितिले निरन्तर छलफल गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्