Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ प्रहरीका मुद्दा शाखाका सहायक हबल्दार नियन्त्रणमा, छानबिन गर्दै एसपी नेतृत्वका टोली

आइतबार, भदौ २३, २०८१

काठमाडौँ- जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो मुद्दा शाखामा कार्यरत एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ प्रहरी परीक्षाका अनुसार सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको हो।प्रहरीका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरूसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको हो ।

यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्