नेभिगेशन
सुरक्षा–अपराध

अमेरिकामा नेपाली युवती हत्याः मुना काम गर्ने रेष्टुरेन्टका नियमित ग्राहक थिए हत्याअभियुक्त बबी

बबी सिंह शाह नेपालमा जन्मिएका थिए, ३० बर्षअघि अमेरिका गए

काठमाडौं– अमेरिकाको ह्यस्टानस्थित अपार्टमेन्टमा चार गोली हानी हत्या गरिएकी नेपालको भोजपुर स्थायी र इटहरी अस्थायी बसोबास रहेकी मुना पाण्डेका हत्याअभियुक्त भारतीय नागरिक बबी सिंह शाहबारे नयाँ जानकारी सतहमा आएका छन्। 

अमेरिकामा हत्या गरिएकी युवती पाण्डे काम गर्ने रेष्टुरेन्टमा बबी नियमित जाने गरेको खुलेको हो। अहिले जघन्य अपराधमा अदालतमा मुद्दा खेपीरहेका बबीबारे पाण्डे काम गर्ने रेष्टुरेन्टका मालिकले त्यस्तो जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 

त्यसो त बबी सिंह शाहको नेपालको डिल्लीबजारमा जन्म भएको र ३० बर्षअघि उनी अमेरिका गएको भन्ने विवरण पनि आएका छन्। हत्या अभियुक्त बबी ५१ बर्षीय हुन्, उनी विभिन्न व्यापारमा संलग्न रहेको पनि बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध