Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, भदौ २३, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार गाउँपालिकाका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डल तथा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध आइतबार ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारले नगरपालिकाका उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजकसहित तीन, प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीबाट छुट्टाछुट्टै ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने माग दाबी लिएको अख्तियारका प्रवक्ता तथा सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्