Nic Ad Nic Ad
Nic Ad Nic Ad

रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधन गर्दै कृषि मन्त्रालय

आइतबार, भदौ २३, २०८१

काठमाडौँ - सरकारले रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ आगामी असोज मसान्तसम्ममा संशोधन गर्ने जनाएको हो । 

अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि सो निर्देशिका संशोधन गर्ने मन्त्रालयको भनाइ छ ।  मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशीका अनुसार रासायनिक मल वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार गरिने भएको हो । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ ।  सरकारले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो । तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको हो ।

रासायनिक मलको सहजताका लागि सरकारले हालै मात्र मलबारे जानकारी लिन मिल्ने कल सेन्टर स्थापना गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्