काठमाडौँमा विभागले सडकका खाल्डाखुल्डी पुर्न थाल्यो
काठमाडौँ - सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिएको छ ।
नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १८:४५
प्रतिक्रिया दिनुहोस्