Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली र देउवाबीच भेटवार्ता

आइतबार, भदौ २३, २०८१

काठमाडौँ- प्रमुख सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेताहरूका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु देउवा र गृह मन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए । एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए ।स्रोतका अनुसार भेटमा काँग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्री ओली पनि सहमत छन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी दलहरूको बैठक बोलाउने छन् । 

काँग्रेस र एमालेबीच १७ असारमा सातबुँदे सहमति भएको थियो । त्यही सहमति अनुसार काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भए । दुई दलको बहुमत भए पनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ ।

तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम बनेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्