Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटार बैठक : सरकारको कामकारबाही प्रभावकारी बनाउनेबारे छलफल

आइतबार, भदौ २३, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको हो ।

छलफलमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकको सहभागीता रहेको थियो । त्यस्तै एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थीति थियो ।

भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ । साथै कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको विवादबारे पनि छलफल भएका बालुवाटार निकट स्रोतले बताएको छ ।

भेटवार्तामा सत्तारुढ दलले ल्याउने भनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि सामान्य छलफल भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्