Nic Ad Nic Ad
Nic Ad Nic Ad
ऐन संशोधन

सरकारको ‘हनिमुन’ समयभित्र आउने भयो दुई प्रहरी संठगनका नयाँ कानुन, पारित गराउने सहमति

बालुवाटारमा नै कांग्रेस सभापति शेरबहादुर देउवासहितसँग ओलीको वार्ता
सोमबार, भदौ २४, २०८१

काठमाडौं– सरकारको हनिमुन समयभित्रै नेपाल र सशस्त्र प्रहरीको नयाँ कानुन आउने निश्चित भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले पठाएको प्रस्तावलाई अध्ययन गरी स्वीकृत गर्दै कानुन संसदमा पुग्ने बाटो चाँडो खोल्नका लागि निर्देशन दिएका छन्। 

मुख्यसचिव एकनारायण अर्यालसमेतलाई सरकारी निवास बालुवाटारमा बोलाएर गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा प्रधानमन्त्री ओलीले प्रहरी ऐन चाँडो सदनमा लग्ने वातावरण बनाउन निर्देशन दिएको सचिवालयले क्यानडा नेपाललाई जानकारी दियो। 

अर्थमन्त्री पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव अर्याल, दुवै मन्त्रालयका सचिवहरु, नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालसहित राखेर कानुनलाई समयानुुकुल र वस्तुनिष्ट बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्। 

ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको छ। 

‘प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभयो’, सचिवालय स्रोतले क्यानडा नेपाललाई भन्यो।

ती दुवै विधेयक संसद्मा पेस गर्ने विषय सरकारको सय दिनभित्र अर्थात हनिमुन समयको प्रमुख प्राथमिकतामा राखिएको छ।

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने जवाफ दिएका थिए। गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने बताए।

बालुवाटारमा नै कांग्रेस सभापति शेरबहादुर देउवासहितसँग ओलीको वार्ता भएको थियो। सत्ता साझेदार दलको बैठक डाकिने गरी भएको वार्तामा प्रहरी ऐन परिमार्जनमा सहमति जुटाउँदै पारित गर्ने विषयमा पनि छलफल भएको थियो।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्